भारतबाट भन्सार छली ल्याइएका सामान कैलाली–कञ्चनपुरमा बरामद

cp new add
Nisharg hospital

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका रु. ८४ हजार १५० बराबरका सामान बरामद गरेको छ।

शनिबार कैलालीका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेका सुर्ती, गाडीका विभिन्न पार्टपुर्जा लगायतका सामान बरामद गरेको हो। बरामद सामानको अन्दाजी मूल्य रु. २७ हजार २५० रहेको प्रहरीले जनाएको छ।

यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट पनि प्रहरीले रु. ५६ हजार ९०० बराबरका सामान बरामद गरेको छ। भारतबाट भन्सार छली गरी ल्याइएका चिनी, पेय पदार्थ, बिडी, खाने तेल लगायतका सामान बेवारिसे अवस्थामा फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

दुवै जिल्लाबाट बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...