
सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका–११ पडहरियाका २४ वर्षीय अजय सदाई रहेका छन् ।
सशस्त्र प्रहरीका अनुसार लहान नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गको बलान खोला क्षेत्रमा सवारीसाधन जाँच गर्ने क्रममा सदाई पक्राउ परेका हुन्। उनले बोकेको झोला जाँच गर्दा १२ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गाँजासहित सदाईलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाले जानकारी दिए।

