धनगढीमा ब्राउन सुगरजस्तो पदार्थसहित तीन जना समातिए

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ स्थित डि.के. पेट्रोल पम्प नजिकबाट २४८ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित सोही ठाउँका २८ वर्षीय अमन पन्थी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेपछि पन्थीलाई पक्राउ गरेको हो।

यसैगरी, धनगढी उपमहानगरपालिका–६ जाईबाट २०२ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय सन्जित चौधरी र ३८ वर्षीय प्रेमलाल राना रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार राति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...