सुनको मूल्य घट्यो

cp new add
Nisharg hospital

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ४० रुपैयाँ बढेर चार हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...