कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

cp new add
Nisharg hospital

महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु भएको छ।

सोमबार बेदकोट नगरपालिका–७ लालपुरमा से ६ प २२० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकमा पल्टिँदा बेदकोट नगरपालिका–५ का २४ वर्षीय विक्रम बम गम्भीर घाइते भएका थिए।

घाइते बमको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले जानकारी दिए।

उनका अनुसार सोमबार दिउँसो १२ः५५ बजे चिकित्सकले बमलाई मृत घोषणा गरेका थिए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...