byd
care tekar

एक व्यवसायीले गरे आफैँलाई आगो लगाउने प्रयास

cp new add
Nisharg hospital
dhanga
Rubic

बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित बैंक रोडमा बजार अनुगमनका क्रममा एक व्यवसायीले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।

sanjiwan
Nisharg

प्रहरीको टोलीले चामल बोकेको पिकअप नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार चलान गरेपछि गल्ला पसल सञ्चालक महेश अग्रहरीले आत्मदाहको प्रयास गरेका हुन् । स्थानीयका अनुसार उनले आफूलाई अन्याय भएको भन्दै शरीरमा मट्टितेल छर्केर आगो लगाउन खोजेका थिए।

maya metro
nagrik
Gyan Hotel
udhog
Nav

प्रहरीले तत्कालै उनलाई जोगाएको थियो । शरीरमा आगो नलागे पनि मट्टितेलको असर देखिएपछि उनलाई उपचारका लागि सुरुमा स्थानीय अस्पताल लगिएको थियो । मुटुसम्बन्धी समस्या रहेको जानकारी पाएपछि थप उपचारका लागि रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा पठाइएकोजिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले रातोपाटीलाई बताए ।

HAMRO DAIRY

घटना आज बिहान करिब ११ बजेको हो।अग्रहरीले ल्याएको ६० बोरा चामलको बिलबिजक रहेको दाबी गरिएको भएपनि अनुगमन टोलीले आवश्यक कागजपत्र नभेटिएको भन्दै चामल नियन्त्रणमा लिएर भन्सार चलान गरेको थियो ।

भन्सार चलानपछि जरिवाना तिर्नुपर्ने त्रासमा अग्रहरीले आवेगमा आएर शरीरमा मट्टितेल छर्केर आगो लगाउन खोजेको डीएसपी सिंहको भनाइ छ ।

‘शरीरमा आगो लाग्नुअघि नै प्रहरीले उनलाई जोगाएको हो । मट्टितेलको असर देखिएपछि हाम्रो टोलीले उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा लगेको छ,’ डीएसपी सिंहले भने प्रहरीका अनुसार उपचाररत अग्रहरीको अवस्था सामान्य रहेको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...