po
care tekar

होल्डिङ सेन्टरमा नबस्ने बाढीपीडितलाई मासिक १५ हजार

cp new add
Nisharg hospital
dhanga
Rubic
काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा नबसी निजी रूपमा अस्थायी बसोबास गर्ने बाढीपीडित परिवारलाई मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ।
sanjiwan
Nisharg
maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बढीमा ६ महिनासम्म यस्तो सहयोग उपलब्ध गराउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए। चार जनासम्म सदस्य भएका परिवारले मासिक १५ हजार रुपैयाँ पाउनेछन् भने पाँच वा सोभन्दा बढी सदस्य भएका परिवारलाई थप प्रत्येक सदस्य बराबर २ हजार रुपैयाँ दिइनेछ।
HAMRO DAIRY

यसैगरी, बुढीगण्डकी नदीको बाढीबाट प्रभावित गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ लाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

असोज ८ देखि ११ गतेसम्मको वर्षाले बाढीपहिरोबाट प्रभावित बागलुङका गलकोट र ढोरपाटन नगरपालिकालाई पनि तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...