


काठमाडौँ । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन् ।


शुक्रबार दिउँसो बीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बाप्र ०३–००१ ख २७७४ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेको हो ।






जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठका अनुसार होटलमा खाना खाएपछि बस ब्याक गर्ने क्रममा पछाडिको चक्का नालामा परेपछि बस अनियन्त्रित भएर सडकबाट तल खसेको हो ।

दुर्घटनामा घाइते भएका ९ जनालाई उद्धार गरी खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ ।
बसमा सवार यात्रुको यकिन सङ्ख्या खुल्न सकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको






