


काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले फूलपातीका दिन शपथ ग्रहण गर्ने भएका छन् ।



शुक्रबार १५औँ महाधिवेशनको मतगणना सम्पन्न भएपछि थापाको शपथ ग्रहण तथा पदबहाली दिउँसो २ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा हुने तय भएको पार्टीले जनाएको छ ।





कांग्रेस केन्द्रीय कार्यालयले कार्यक्रममा सहभागी हुन उपत्यकामा रहेका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको छ ।






