



सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बिहीबार दिउँसो पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा कार दुर्घटना हुँदा महोत्तरीको गौशाला नगरपालिका–५ का २४ वर्षीय चालक विकल साहको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रविन्द्रनाथ पौडेलका अनुसार महोत्तरीबाट सदरमुकाम मलंगवातर्फ जाँदै गरेको बीआर ०६ बीएक्स ०४३५ नम्बरको कार अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।
दुर्घटनामा गौशाला नगरपालिका–४ का शम्भुनाथ कुमार साह र शुभम कुमार शर्मा सामान्य घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








