po
care tekar

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

cp new add
Nisharg hospital
dhanga
Rubic

जाजरकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका- ८ खुमाउरे खोलास्थित भिरबाट अटो करिब ३०० मिटर तल खसेको हो।

sanjiwan
Nisharg

२०८३ असोज ३१ गते बिहान करिब ९ः३० बजे दल्लीतर्फबाट तारगाड जाँदै गरेको लु प्र ०२००१ ह ०५२९ नम्बरको अटो दुर्घटनामा परेको थियो। अटो रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ निवासी २२ वर्षीय करण परियारले चलाएका थिए। दुर्घटनामा नलगाड नगरपालिका–९ का नाम नखुलेका एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न बाँकी छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

दुर्घटनामा जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, वडा नम्बर ३ कट्केका २८ वर्षीय गोपाल परियार र अटो चालक करण परियार घाइते भएका छन्। उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रारम्भिक विवरणमा उल्लेख छ। अन्य घाइतेको विस्तृत विवरण खुल्न बाँकी छ।

HAMRO DAIRY

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि नलगाड नगर अस्पताल लगिएको थियो। घटनाबारे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक मन्दिर थापाको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीको प्रारम्भिक विवरणअनुसार दुर्घटनास्थल मैदे प्रहरी पोस्टबाट करिब ५०० मिटर पूर्वमा पर्छ। अटो चालकसँग सवारी चालक अनुमतिपत्र लाइसेन्स नभएको पनि प्रारम्भिक विवरणमा उल्लेख छ।

दुर्घटनामा अटोमा क्षति पुगेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...