


झापाको अर्जुनधारामा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई नगदसहित पक्राउ गरेको छ।


अर्जुनधारा नगरपालिका–५ ओमचोकस्थित सीताराम थापाको घरमा अवैध रूपमा तास तथा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले शुक्रबार राति करिब १०ः१० बजे उनीहरूलाई पक्राउ गरेको हो।






पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का ४१ वर्षीय किशोर थापा, ५५ वर्षीय सीताराम थापा, ४२ वर्षीय यम चौहान, ४५ वर्षीय नीरजकुमार खनाल, ३८ वर्षीय बलबहादुर बुढाथोकी र ३४ वर्षीय रोहित अधिकारी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट १ लाख २२ हजार ७ सय ८० रुपैयाँ नगद र दुई बुक तास बरामद गरिएको छ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।






