


कपिलवस्तु । शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।



जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार विपरीत दिशाबाट आएको ट्रकमा दुई वटा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। निजको सनाखत भएको छैन।





अर्को मोटरसाइकलका चालक दाङको गढवा गाउँपालिका–२ बचैयाका २३ वर्षीय दिलीपकुमार यादव घाइते भएका छन् भने त्यसमा सवार २१ वर्षीय अनिल योगी भने सकुशल छन्।

तीनवटै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि फरार ट्रक चालकको खोजी भइरहेको छ।






