po
care tekar

जग्गाको सिमाना विवादमा एकजनाको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिका- १ बरहीमा जग्गाको सिमाना विवादमा एकजनाको मृत्यु भएको छ ।

sanjiwan
Nisharg

जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादमा धकेल्दा एक वृद्धको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

प्रहरीका अनुसार शनिबार (असोज) बिहान करिब ९ बजे स्थानीय २७ वर्षीय रघुनन्दन राय र ७५ वर्षीय तेतर रायबीच जग्गाको सिमानाको विषयलाई लिएर विवाद भएको थियो ।

HAMRO DAIRY

सोही क्रममा रघुनन्दनले तेतरलाई धकेल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे स्थानीयले जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनास्थल सुरक्षित राखी अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्न रघुनन्दन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...