


धनगढी । २०८३ कार्तिक २ गते सोमबार दिउँसो देशका हिमाली तथा केही पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको छ।



मौसम पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बदली हुनेछ। हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ।





कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागसहित देशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

राति हिमाली क्षेत्रमा आंशिक बदली रहने, पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने तथा तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।






