press
po

दसैं-तिहार मनाउन एक लाख मानिस सुदूरका पहाडी गाउँ पुगे

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । दसैं–तिहार मनाउन कैलाली र कञ्चनपुरबाट सुदूरपश्चिमका पहाडी जिल्लातर्फ जाने यात्रुको चाप बढेको छ। पछिल्लो दुई–तीन दिनमा करिब एक लाख मानिस चाडपर्व मनाउन पहाड उक्लिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।

sanjiwan
Nisharg

धनगढी र अत्तरियाका बसपार्कमा यात्रुको चाप बढेको छ। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनिराज भट्टका अनुसार अत्तरिया बसपार्क हुँदै मात्रै ९० हजारभन्दा बढी यात्रु पहाड गएका छन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

यात्रुको चापसँगै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले प्रदेशभर ३९ स्थानमा हेल्पडेस्क स्थापना गरेको छ। विभिन्न स्थानमा चेकजाँच भइरहेको छ भने गोदावरीदेखि माथिको पहाडी सडकमा टाइमकार्ड लागू गरिएको छ। क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने सवारीसाधनमाथि निगरानी गर्नुका साथै मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाए–नचलाएको जाँच भइरहेको प्रहरीले जनाएको छ।

HAMRO DAIRY

यता, भारतबाट घर फर्किनेको चाप पनि बढेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गौरीफन्टा नाका हुँदै दैनिक करिब दुई हजार तीन सय जना नेपाल भित्रिरहेका छन्।

चाडपर्वमा यात्रुको सुरक्षालाई ध्यानमा राखेर संयुक्त चेकजाँच भइरहेको प्रहरीले जनाएको छ। क्षमताभन्दा बढी यात्रु राख्ने र तोकिएभन्दा बढी भाडा असुल्ने सवारीसाधनलाई कारबाहीसमेत गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...