press
po

कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा धेरै कुखुराको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा गाईलाई बचाउने क्रममा कुखुरा बोकेको मिनी ट्रक दुर्घटनामा परेको छ ।

sanjiwan
Nisharg
Nav

शनिबार बिहान सडकमा आएको गाईलाई बचाउन चालकले ब्रेक लगाउँदा ना ४ च ५१०५ नम्बरको मिनी ट्रक अनियन्त्रित भइ सडक किनारमा पल्टिएको हो । चितवनबाट कुखुरा लिएर धनगढीतर्फ जाँदैगरेको उक्त ट्रकमा करिब १५ क्विन्टल कुखुरा रहेको चालक निरज गुरुङले बताउनुभयो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

दुर्घटनाको क्रममा ट्रकमा रहेका कुखुरामध्ये आधाजति च्यापिएर मरेका उहाँले जानकारी दिनुभयो । चालक गुरुङका अनुसार चितवनस्थित ओम त्रिमूर्ति ट्रेडर्सको कुखुरा धनगढी लैजाने क्रममा सडकमा गाई आएपछि बचाउन खोज्दा दुर्घटना भएको हो ।

HAMRO DAIRY

ट्रकमा चालकसहित दुई जना सवार थिए । दुर्घटनामा चालक गुरुङको हातमा सामान्य चोट लागेको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोली, ट्राफिक प्रहरी र जेसीबीको सहयोगमा पल्टिएको ट्रक उठाइएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...