


धनगढी । कैलालीमा ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्।


शनिबार साँझ प्रहरीले टीकापुर, धनगढी र लम्कीचुहा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।






टीकापुर नगरपालिका–१ राजीपुरबाट ३ ग्राम ७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित २४ वर्षीय प्रकाश चौधरी पक्राउ परेका छन्।

त्यस्तै, धनगढी उपमहानगरपालिका–४ शिवपुरीधामबाट १७७ मिलिग्राम उक्त पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का ३२ वर्षीय टनक अवस्थी र कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ३४ वर्षीय राजु बिष्ट रहेका छन्। उनीहरू सवार से ५ प ४३१३ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।
यसैगरी, लम्कीचुहा नगरपालिका–४ कौवापुरबाट १ ग्राम ४९ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित २० वर्षीय पूर्णबहादुर चन्द र २४ वर्षीय शंकर देउवा पक्राउ परेका छन्।
प्रहरीले शंकाका आधारमा चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेपछि उनीहरूलाई पक्राउ गरेको जनाएको छ।






