


अछाम । अछामको मंगलसेनमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्।



मंगलसेन नगरपालिका–५ स्थित स्थानीय नृपबहादुर बिष्टको घरमा आइतबार दिउँसो जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।





प्रहरी चौकी मंगलसेनबाट खटिएको टोलीले उनीहरूको साथबाट ६९ हजार ५२५ रुपैयाँ नगद र एक गड्डी तास बरामद गरेको छ।

पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।






