कञ्चनपुरबाट छुटेको बस दुर्घटनाका घाइतेको परिचय खुल्यो (नामसहित)

cp new add
Nisharg hospital
suchana
Nast new

११ साउन, धनगढी ।  कञ्चनपुरबाट काठमाडौँका लागि छुटेर नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी भएको वर्षका घाइतेहरुको परिचय खुलेको छ । कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बसका घाइतेको परिचय खुलेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा घाइते भएकाहरु अधिकांश कञ्चनपुर र कैलाली जिल्लाका छन् । घाइते हुनेहरुमा २१ वर्षका केशव भण्डारी, ७८ वर्षका प्रभुलाल जोशी, ७१ वर्षकी कौशिला शाही, १९ वर्षकी शान्ता चौधरी, १९ वर्षकी अमृता सुनार, ४५ वर्षका कर्णबहादुर कामी, २९ वर्षका आलोक बोहरा, १८ वर्षकी शोभा रावत, २६ वर्षकी रेखा रावत, ५० वर्षका टिकाराम सुवेदी छन् ।

 

यस्तै ४३ वर्षका राजेन्द्र सिंह थापा, ३२ वर्षका भागिराम चौधरी, २७ वर्षकी कृष्णा चौधरी, २९ वर्षका सुरेन्द्र चौधरी, ३५ वर्षका रामबहादुर चौधरी, ३५ वर्षका लालबहादुर चौधरी, २१ वर्षका मिलन जोशी, ३० वर्षका श्रवण चौधरी, ५३ वर्षका पदम शाही छन् ।

यसैगरी दार्चुलाका ३२ वर्षका मदन सिंह, दार्चुलाकै ३२ वर्षका रमेश सिंह, कैलालीकी उमेर नखुलेकी निर्मला शाही तथा ठेगाना र उमेर नखुलेकी जानकी भट्ट रहेका नवलपुर प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...