press
po

एमालेको राष्ट्रिय भेलामा ३ हजार १६४ जना सहभागी हुने

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते आयोजना गर्ने राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ। भेलाको तयारीका क्रममा मंगलबार पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक सम्पन्न भएको छ।

sanjiwan
Nisharg

बैठकमा उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टी पङ्क्तिमा समान बुझाइ विकास गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए। उनले आगामी स्थानीय तह निर्वाचनको तयारीमा पार्टीका नेता तथा कार्यकर्तालाई उत्साहित र सक्रिय बनाउन पनि भेला महत्वपूर्ण हुने धारणा राखे।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

बैठकमा पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले भेलाको तयारीबारे जानकारी दिँदै कुल ३ हजार १६४ जनाको सहभागिता रहने बताए।

HAMRO DAIRY

एमालेका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना, आठ प्रदेश कमिटी, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चबाट ५५ जना र जिल्ला तहबाट ४४० जना सहभागी हुनेछन्। त्यस्तै, पालिकास्तरीय कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जनाको सहभागिता रहनेछ।

यसैगरी, संघीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना, उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना र जनसंगठनबाट ९६ जना सहभागी हुने एमालेले जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...