press
po

गेटामा एमबीबीएस सञ्चालनको निर्णय खारेज गर्न माग, डा. केसीले दिए दुई दिनको अल्टिमेटम

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिने निर्णय खारेज गर्न माग गर्दै आएका प्रा. डा. गोविन्द केसीले सरकारलाई दुई दिनको थप समय दिएका छन्।

sanjiwan
Nisharg

आफ्ना माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी उनले दिएका छन्। डा. केसीले गत कात्तिक २ गते सरकारलाई सात दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम दिएका थिए। दसैँ बिदाका कारण माग सम्बोधन गर्न पर्याप्त समय नपुगेको भन्दै उनले अल्टिमेटमको अवधि दुई दिन थपेका हुन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

थपिएको समयभित्र पनि माग पूरा नभए आन्दोलनका कार्यक्रम अघि बढाउने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ।

HAMRO DAIRY

डा. केसीले न्यूनतम पूर्वाधार, आवश्यक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटास्थित विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिने चिकित्सा शिक्षा आयोगको निर्णय खारेज गर्न माग गरेका छन्।

त्यस्तै, नेपाली आर्मी मेडिकल कलेजसहित विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गर्ने निर्णयसमेत बदर गर्नुपर्ने उनको माग छ।

निर्णय प्रक्रियामा संलग्न आयोग र विश्वविद्यालयका पदाधिकारीमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न तथा अयोग्य र स्वार्थको द्वन्द्व देखिएका पदाधिकारीलाई बर्खास्त गर्न पनि डा. केसीले माग गरेका छन्।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...