press
po

‘छिमेकी मुलुकसामु लम्पसार पर्नुपर्ने कस्तो राष्ट्रवाद हो?’ : आर्यन राई

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार परिणाममुखी कामभन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाएका छन्। उनले छिमेकी मुलुकसँगको सम्बन्धमा राष्ट्रिय स्वाधीनतामा सम्झौता गर्न नहुने बताएका छन्।

sanjiwan
Nisharg

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राईले सरकारको पछिल्लो ६–७ महिनाको कार्यशैलीको आलोचना गर्दै कामको मूल्याङ्कन सामाजिक सञ्जालको लोकप्रियताका आधारमा नभई वास्तविक उपलब्धि र परिणामका आधारमा गर्नुपर्ने बताए।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

छिमेकी मुलुकसँगको सम्बन्धबारे उनले कुनै पनि राजनीतिक दल स्थापित हुन छिमेकी मुलुकसामु झुक्नुपर्ने अवस्था दुःखद भएको टिप्पणी गरे। नेपालले पञ्चशीलको सिद्धान्त र बुद्धका विचारअनुसार सबै राष्ट्रसँग सन्तुलित तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने उनको भनाइ थियो।

HAMRO DAIRY
Nav

कुनै पनि देशसँग मैत्रीपूर्ण सम्बन्ध राख्नुको अर्थ राष्ट्रिय सार्वभौमिकतामा सम्झौता गर्नु नभएको उल्लेख गर्दै राईले प्रधानमन्त्री बालेन्द्र साहको सीमा विवादसम्बन्धी अभिव्यक्ति र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भनाइप्रति असन्तुष्टि जनाए। यस विषयमा संसद्मा प्रश्न उठाउने पनि उनले बताए।

सीमासम्बन्धी विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच मतभेद हुन नहुने धारणा राख्दै उनले राष्ट्रियताको पक्षमा उभिनु कुनै देशको विरोध गर्नु नभएको स्पष्ट पारे। ‘सरकार परिणामभन्दा फन्डाको पछि लागेको छ। सरकारले गरेका कामको मूल्याङ्कन गर्ने मापदण्ड सामाजिक सञ्जाल र एल्गोरिदम होइनन्,’ राईले भने।

उनले सामाजिक सञ्जालमा साइबर समूहको प्रयोग गरी फरक मत राख्ने व्यक्तिको चरित्रहत्या गर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे। युवाहरूलाई कुनै पनि राजनीतिक दलको अन्धभक्त नबनी देशको सार्वभौमिकता, राष्ट्रिय हित र स्वाधीनताका विषयमा सचेत नागरिकका रूपमा उभिन उनले आग्रह गरे।

दलगत आग्रहभन्दा माथि उठेर राष्ट्रिय हितका सवालमा एकजुट हुनुपर्नेमा राईले जोड दिए।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...