


धनगढी । कैलालीको टीकापुरमा ई–रिक्साको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।



टीकापुर नगरपालिका–१ भूपु सैनिक चोकस्थित सडकमा नम्बर नखुलेको ई–रिक्साको ठक्करबाट टीकापुर नगरपालिका–२ राजीपुर निवासी ६५ वर्षीय जितबहादुर थापा गम्भीर घाइते भएका थिए ।





उनको नेपालगञ्जस्थित नरसिंह होममा उपचारका क्रममा मंगलबार बेलुकी मृत्यु भएको हो ।

दुर्घटनापछि फरार रहेका ई–रिक्सा र चालकको प्रहरीले खोजी गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






