press
po

पत्रकार धरपकडबारे प्रहरी : प्रधानमन्त्री कार्यालयको चासोपछि साइबर ब्युरोमा बोलाइएको हो

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । प्रहरीविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यममा गलत समाचार तथा सन्देश प्रवाह भएको विषयमा प्रधानमन्त्री कार्यालयले चासो देखाएपछि नेपाल प्रहरीले पत्रकारलाई साइबर ब्युरोमा बोलाएको स्पष्टीकरण दिएको छ।

sanjiwan
Nisharg

नेपाल प्रहरीले हिजो नयाँ पत्रिका कार्यालयमा साढे २ घण्टा घेराउ गर्दै पत्रकार पक्राउ गर्न खोजेको थियो । केही पत्रकारलाई पक्राउ पछि छाडेको थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उक्त प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले अनभिज्ञता प्रकट गरेको थियो । तर प्रहरीले राति वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्यालयकै चासो पछि खटिएको प्रस्ट्याएको हो ।

HAMRO DAIRY

प्रहरीविरुद्ध पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देशहरू निरन्तर प्रचार भइरहेको भन्दै त्यसले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियामा नकारात्मक असर पार्न सक्ने विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको प्रहरीको भनाइ छ।

Nav

प्रधानमन्त्री कार्यालयबाट भएको उक्त चासोलाई सम्बोधन गर्ने क्रममा साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएर प्रहरीविरुद्ध भइरहेका प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिने काम गरेको नेपाल प्रहरीको वक्तव्यमा छ ।

प्रहरीले सञ्चारकर्मीलाई बोलाउने कार्यलाई आफ्नो नियमित कार्यसम्पादनअन्तर्गतको कदम भन्दै यसको उद्देश्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु नभएको दाबी गरेको छ।

‘त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो,’ प्रहरीको वक्तव्यमा भनिएको छ।

प्रहरीले सुरक्षित समाज निर्माणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति आफू सधैँ प्रतिबद्ध रहेको पनि जनाएको छ।

‘राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने’ प्रहरीको भनाइ छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...