press
po

कैलालीमा खुकुरी प्रहार गरि लुटपाट गर्ने दुई जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

sanjiwan
Nisharg

टीकापुरमा मोटरसाइकलमा सवार एक युवकमाथि खुकुरी प्रहार गरी नगद र मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिएको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–६ पसैनी बस्ने २५ वर्षीय अमित रावल र २४ वर्षीय शुलभ विक्रम शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

HAMRO DAIRY

उनकाअनुसार ९ कात्तिकको राति उनीहरुले टीकापुर नगरपालिका–६ मखन चौराहामा मोटरसाइकलमा सवार टीकापुर नगरपालिका–३ पुष्पीका ३२ वर्षीय सुरज चौधरीमाथि खुकुरी प्रहार गरेका थिए । चौधरीलाई घाइते बनाएर नगद र मोबाइलसमेत लुटपाट गरेका थिए ।

 

पक्राउ परेका दुवै जनालाई कैलाली जिल्ला अदालतबाट ‘ज्यान मार्ने उद्योग तथा डाँका चोरी’ मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...