


सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेस्थित भित्री कच्ची सडकखण्डमा शुक्रबार साँझ श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जीप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।



दुर्घटनामा सात जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ ।घाइतेहरूमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।





जिप चालक सल्यान, सिद्ध कुमाख गाउँपालिका-२ का ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






