


धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ को पच्चीस घर र आइगाउँमा रोप लाइट जडान गरिएको छ।


सडक क्षेत्रमा जडान गरिएका रोप लाइटको वडा नम्बर १९ का वडा अध्यक्ष बाधुराम चौधरीले उद्घाटन गरेका हुन्।






सडकलाई उज्यालो बनाउनुका साथै रातिको समयमा आवागमन सहज बनाउने र सहरी सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले रोप लाइट जडान गरिएको हो।

रोप लाइट सञ्चालनमा आएसँगै १९ को पच्चीस घर र आइगाउँको रात्रिकालीन दृश्य थप आकर्षक बन्नुका साथै स्थानीय बासिन्दा तथा यात्रुलाई आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ।
धनगढी उपमहानगरपालिकाले नगरका विभिन्न क्षेत्रमा उज्यालो विस्तार गर्दै सडक तथा सार्वजनिक क्षेत्रलाई थप आकर्षक, सुरक्षित र व्यवस्थित बनाउने कार्यलाई निरन्तरता दिँदै आएको छ। यस उज्यालो धनगढी कार्यक्रमलाई उपमहानगरपालिकाले एक वडा एक आर्थीक केन्द्रसँग पनि जोडेको छ।






