


सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।



मन्त्रिपरिषद्को निर्णयअनुसार केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको हो । सरकारले यसअघि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री कार्यालय मातहत सल्लाहकारका रूपमा राख्ने निर्णय गरेको थियो ।





पछिल्ला विवादास्पद घटनाक्रममा कार्कीको भूमिकामाथि प्रश्न उठेपछि सरकारले उनलाई आईजीपीको जिम्मेवारीबाट हटाएको हो ।

नयाँ आईजीपी नियुक्त भएका केसीले अब नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।






