बैतडीमा जीप दुर्घटना : गम्भीर घाइते महिलाको मृत्यु, ६ जना डडेल्धुरा लगियो




बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।



मेलौली नगरपालिका–१ को सौडानी खोलामा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।





प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो । बुधबार बेलुका डडेल्धुरा सदरमुकामबाट पञ्चेश्वरतर्फ जाँदै गरेको जीप सौडानी खोलामा अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको थियो ।

दुर्घटनामा जीपमा सवार चालकसहित अन्उ छ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।





