press
po

स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi
Rubic
Nav
रौतहट । रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित एक भारतीय नागरिक र एक स्थानीय व्यवसायी पक्राउ परेका छन्।

प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा ३० लाख रुपैयाँ र अनुसन्धानका क्रममा एक पसलबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको हो।

रौतहट प्रहरीका प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार कात्तिक १८ गते दिउँसो साढे ३ बजे ईशनाथ नगरपालिका–४ स्थित महुलिया काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०५–००१ प ०५७८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मठिया महुलियाको टोलीले रोकेर जाँच गरेको थियो।

प्रहरी सहायक निरीक्षक बिन्दा महतोको नेतृत्वमा खटिएको टोलीले मोटरसाइकल जाँच गर्दा चालकको झोला र मोटरसाइकलको ट्याङ्कीमुनि लुकाएर राखेको स्रोत नखुलेको ३० लाख रुपैयाँ र एक थान स्मार्टफोन फेला पारेको थियो।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, फुलबरिया ग्राम वडा नम्बर १३ निवासी ३० वर्षीय सनि कुमार जैसवाल रहेका छन्।जिल्ला प्रहरी कार्यालयमा प्रारम्भिक सोधपुछका क्रममा जैसवालले उक्त रकम गौर नगरपालिका–१ स्थित न्यू तराई ट्रेडर्सका सञ्चालक ५१ वर्षीय शेख कमरुललाई दिन ल्याएको बयान दिएका थिए।

उनको बयानका आधारमा प्रहरी निरीक्षक जीवनकुमार मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले न्यू तराई ट्रेडर्समा खानतलासी गरेको थियो। सो क्रममा पसलबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएपछि प्रहरीले पसल सञ्चालक शेख कमरुललाई समेत नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार दुवै स्थानबाट गरी कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको छ। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर रकमको स्रोत तथा कारोबारबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

sanjiwan
Nisharg
Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...