press
po

अछाम र कैलालीमा आगलागी, पौने ११ लाखको क्षति

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

धनगढी । कैलाली र अछाममा बिहीबार साँझ आगलागी हुँदा करीब पौने ११ लाख बराबरको क्षति भएको छ । दुवै जिल्लामा १० लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

sanjiwan
Nisharg

कैलालीको टीकापुर नगरपालिका–१ को ओम कृष्ण अस्पतालको अप्रेसन थिएटरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको हो । बिहीबार बेलुका भएको आगलागीबाट अन्दाजी १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

त्यस्तै, अछामको साँफेबगर नगरपालिका–३ हाँटबजारस्थित बैजनाथ फेन्सी स्टोरमा पनि बिहीबार बेलुका अचानक आगलागी भएको छ । उक्त आगलागीबाट अन्दाजी ७५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

HAMRO DAIRY

दुवै स्थानमा प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...