press
po

कसैले लगाएको आरोपकै आधारमा नेताहरूको चरित्रमाथि प्रश्न उठाउन पाइँदैन– विश्वप्रकाश शर्मा

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको हवालामा लगाइएका आरोपकै आधारमा नेताहरूको चरित्रमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् ।

sanjiwan
Nisharg

पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीलाई लक्षित गर्दै यस्तो जवाफ दिएका हुन् । शर्माले बिचौलियाले कसैको नाम लिएको भरमा त्यसलाई अदालत र कानूनले समेत प्रमाणका रूपमा स्वीकार नगर्ने भन्दै सामाजिक सञ्जालमा फैलाइने हल्लाका पछि नलाग्न आग्रह गरेका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

‘कसैले अनर्गल कुरा फेसबुकमा लेखिदिएर यति खायो रे, उति खायो रे, यति बुझाए रे, उति बुझाए रे, यति करोड बुझाए रे भन्यो भन्दैमा पत्याउने ? एकपटक ८–९ महिना स्वास्थ्यमन्त्री भएको गगन थापा, जिन्दगीमा मन्त्री कहिल्यै नबनेको, सांसद मात्रै बनेको विश्वप्रकाश शर्मा हुँदा करोड–करोड बुझाउन सकौँला कि वर्षौंसम्म पटकपटक सत्तामा बसेका नेताहरू उतै हुनुहुन्थ्यो त ! उहाँहरूले चाहिँ बुझाउन सक्नुभएन ?’

HAMRO DAIRY
Nav

उनले बिचौलियाले भनेको भरमा कसैलाई दोषी ठहर गर्न नमिल्ने दृष्टान्त दिँदै बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले प्रधानमन्त्री बनाउने नाममा ५० करोड रुपैयाँको डिल भएको थियो र त्यसको पैसा बुझाउन बैंक लुटिएको भन्दै कसैको नाम जोडिदियो भने त्यसलाई अदालत र कानूनले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गरे ।

‘बैंक डकैतीमा पक्राउ परेको मान्छेले फलानालाई प्रधानमन्त्री बनाउन फलाना प्रधानमन्त्रीको उम्मेदवारले दाबी छोडेर ५० करोडमा डिल भएको थियो, त्यो पैसा नबुझाइसकेको हुँदा अहिले बैंकबाट डकैती गरेर ५ करोड दाइलाई पुर्‍याउन हामी लागेका हौँ भन्यो भने त्यसलाई अदालतले मान्छ कि मान्दैन ? कानूनले मान्छ कि मान्दैन ?’ शर्माले भने ।

उनले बिचौलियाको भनाइलाई आधार बनाएर सामाजिक सञ्जालमा आरोप फैलाउने प्रवृत्तिप्रति पनि आपत्ति जनाए । कार्यक्रममा शर्माले कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै प्रक्रिया पार्टीको विधान, विधि, पद्धति र संविधानअनुसार इमानदारीपूर्वक सम्पन्न भएको दाबी गरे ।

महाधिवेशन प्रतिनिधिहरूको योगदानबाट पार्टी नयाँ नेतृत्वसहित अघि बढेको उल्लेख गर्दै उनले गगन थापाको नेतृत्वमा कांग्रेस देशका लागि स्पष्ट सपना र परिवर्तनको हुटहुटीसहित योजनाबद्ध रूपमा अगाडि बढिरहेको बताए ।

‘नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन गरेर १५औँ महाधिवेशनसम्म पुग्दै गर्दा पार्टीको विधि, विधान, प्रक्रिया, पद्धति र संविधानबमोजिम इमानदारीपूर्वक सबै काम भएको छ । महाधिवेशन प्रतिनिधिहरूले पनि यसमा योगदान गर्नुभएको छ,’ उनले भने, ‘कांग्रेस अब देशका लागि आँखामा एउटा सपना, मनमा एउटा हुटहुटी र आगो बोकेर गगन थापालाई सभापति बनाएर योजनाबद्ध ढंगले अगाडि बढ्दै छ । हामी चुस्त छौँ, व्यवस्थित छौँ ।’

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...