


धनगढी । पत्रकारितासँगै सामाजिक अभियान र संस्कृति संरक्षणमा योगदान पुर्याउने उद्देश्यले प्रेसपत्रले आयोजना गरेको देउसी–भैलो कार्यक्रमबाट एक लाख ५१ हजार २३५ रुपैयाँ संकलन भएको छ ।


२३ र २४ कात्तिकमा धनगढी क्षेत्रमा सञ्चालन गरिएको देउसी–भैलो कार्यक्रमबाट उक्त रकम संकलन भएको कार्यक्रम संयोजक दशरथ भट्टले जानकारी दिए ।






उनका अनुसार छोटो तयारीका बीच आयोजना गरिएको कार्यक्रममा शुभेच्छुक तथा सहयोगीहरूको उत्साहजनक साथ प्राप्त भएको थियो । संकलित रकमबाट कार्यक्रम सञ्चालनको खर्च कटाएर केही हिस्सा सामाजिक कार्यमा खर्च गरिने भट्टले बताए ।

प्रेसपत्रले संस्कृति संरक्षण र सामाजिक उत्तरदायित्वलाई जोड्दै देउसी–भैलो कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति प्रेसपत्रले आभार व्यक्त गरेको छ । छोटो तयारीका कारण सबै शुभेच्छुकको घरदैलोमा पुग्न नसकेको भन्दै प्रेसपत्रले क्षमासमेत मागेको छ । आगामी वर्ष कार्यक्रमलाई थप व्यवस्थित र परिष्कृत रूपमा सञ्चालन गर्ने व्यवस्थापनले जनाएको छ ।






