

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला १ सय रुपैयाँले घटेको छ। शुक्रबार ३ हजार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ।
तिहारअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ र चाँदी ३ हजार ८ सय ५५ रुपैयाँ रहेको थियो।

