


काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबारकै मूल्यमा आइतबार कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।





त्यस्तै, चाँदी प्रतितोला तीन हजार ८१० रुपैयाँमा किनबेच भइरहेको छ ।






