सशस्त्र प्रहरीको बर्दी दुरुपयोग गरेर भिडियो बनाउनेविरुद्ध साइबर ब्युरोमा उजुरी

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । सशस्त्र प्रहरी बलको पोशाक दुरुपयोग गरी सडक पेटीमा सुतेका व्यक्तिको भिडियो सामाजिक सञ्जालमा प्रसारण गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ ।

सशस्त्र प्रहरी बल, नेपालले कम्ब्याट ड्रेसको पाइन्ट लगाएर सडक पेटीमा सुतिरहेको व्यक्तिको भिडियो विभिन्न सामाजिक सञ्जालमा प्रसारण भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार भिडियोमा देखिएका व्यक्ति सशस्त्र प्रहरी बलका सदस्य होइनन्।

संगठनको पोशाक दुरुपयोग गरी बनाइएको यस्तो भिडियोले आम नागरिकमा भ्रम सिर्जना गर्न सक्ने भन्दै भिडियो बनाउने व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको थापाले जानकारी दिए।

उनका अनुसार भिडियो बनाउने व्यक्तिमाथि कारबाहीको माग गर्दै सशस्त्र प्रहरीले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।

सशस्त्र प्रहरीले संगठनको पोशाकको दुरुपयोग गरी भ्रामक सामग्री प्रसारण गर्ने गतिविधिलाई गम्भीर रूपमा लिएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...