लुम्बिनी भ्रमण सकेर कोहलपुरतर्फ जाँदै गरेको बस दुर्घटना, १४ जना घाइते

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । दाङको लमहीमा भ्रमण बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

लमही नगरपालिका- ९ शिव खोला नजिकै पूर्वपश्चिम राजमार्गमा भे१ख ३१३० नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो ।

लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुरतर्फ फर्कँदै गरेको उक्त बस अनियन्त्रित भई पल्टिँदा १४ जना घाइते भएको दाङका डीएसपी डा. हेमबहादुर केसीले जानकारी दिए ।

केसीका अनुसार बसमा चालक र सहचालक सहित ५३ जना सवार थिए । घाइतेहरूको उद्धार गरी उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...