एमाले टिकट बेचुवा पार्टी होइन, निर्दलीय शासन हुँदैन : ओली

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिलाई सङ्गठित गर्न र समाजलाई ठीक ढङ्गले अगाडि बढाउनका लागि राजनीतिक दल अपरिहार्य भएको बताएका छन्। जारी राष्ट्रिय भेलालार्ई सम्बोधन गर्दै कुनै तहमा पनि निर्दलीय शासन सम्भव नभएको बताए।

उनले भने, ‘आज संसारभरि एकछिनका लागि निर्दलीय भन्लान्, तर निर्दलीय कुनै शासन हुँदैन, छैन। कहीँ कहीँ नेपालमा त्यही तहमा अलिक नपुगिहालेको भए पनि संविधान र लोकतन्त्र मिचिएको अवस्था सिर्जना भएको छ।’

अहिले दलहरूलाई अस्वीकार गर्ने, भीडतन्त्रले राज्य चलाउन खोज्ने अनि पपुलिस्ट, अराजक तरिका अगाडि बढाउन खोज्ने प्रवृत्ति यत्रतत्र छरिएको टिप्पणी गरे। उनले एमाले टिकट बेचुवा पार्टी नभएको जिकिर गरे।

ओलीले थपे, ‘हामी को–को उम्मेदवार हुन्छ भनेर हात उठाएर म हुन्छु भनेपछि त्यस्तो मान्छेलाई उम्मेदवार बनाउने, को–को समानुपातिकमा बस्छौ भनेर समानुपातिकमा त्यसरी बनाउने, त्यस्तो पार्टी होइन। हाम्रो पार्टी टिकट बेचुवा पार्टी होइन। हामी देख्छौँ, सुन्छौँ यति बुझाएर टिकट पाएको भन्ने कुरा।’

एमाले कुनै हिसाबले अवाञ्छित, अनुचित तौरतरिकाबाट लाभको स्थानमा पुग्ने पार्टी नभएको जिकिर गरे।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...