

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कायर भएर नभई आन्दोलनकारी ढंगले अगाडि बढ्नुपर्ने बताएका छन्। एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले देशको विकास गर्ने नायक भएको बताएका हुन्।
ओलीले भने,‘एमाले यो देशको भविष्य हो। राष्ट्रियताको रक्षा गर्ने रक्षक हो। यो देशको विकास गर्ने नायक हो। त्यसकारण एमाले दृढताकासाथ अगाडि बढ्नेछ।’ उनले संवैधानिक बाटोबाट फेरि पनि सरकारमा जाने उल्लेख गरे। उनले राष्ट्रिय भेला संकल्पको भेला भएको टिप्पणी गरे।
ओलीले भने,‘ओलीले देशमा एकपछि अर्को निर्वाचन आइरहेको बताए। उनले भने,‘स्थानीय निकायको निर्वाचन आउँदैछ। त्यसपछि प्रदेशको निर्वाचन, त्यसपछि राष्ट्रिय सभा,राष्ट्रपतिको निर्वाचन आउँदैछ। गत वर्ष अलिकति पराजय भोग्नुपर्यो। हाम्राविरुद्ध भित्र र बाहिरी तत्वले हमला गरे। आगामी दिनमा नयाँ ढंगले अगाडि बढ्नुपर्छ।’
ओलीले सरकारले दमन गरे अब एमाले चुप लागेर नबस्ने स्पष्ट पारे। ओलीले गृहमन्त्री सुधन गुरुङले समेत फाइल खुल्दै गरेको र सबै थुनिन्छ भनेको भन्दै कसलाई भनेको हो ? धम्याएको हो भन्दै प्रश्न गरे। गृहमन्त्रीले फाइल खोल्दै छु, पख्नुस्, सबै थुनिन्छ। एकसे एक थुनिन्छ। कसलाई भनेको हो ?,’ ओलीले भने।

