तीर्थयात्री बोकेको बस पल्टिँदा १४ जना घाइते

cp new add
Nisharg hospital
Dhangadhi

दाङ । दाङको लमहीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बुधबार बिहान करिब ८ः३० बजे लमही नगरपालिका–९ स्थित शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भएर पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलका अनुसार बुटवलबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ ख ३२३० नम्बरको बस सडकमा पल्टिएको थियो। लुम्बिनी भ्रमण गरेर कोहलपुर फर्किरहेका तीर्थयात्री सवार उक्त बस कोहलपुर नगरपालिका–१४, हवल्दारपुर, बाँकेका २६ वर्षीय राजकुमार विकले चलाएका थिए।

दुर्घटनाका बेला चालक र सहचालकसहित बसमा ५३ जना सवार थिए। दुर्घटनामा १४ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पठाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

अन्य ३७ जना यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक, सहचालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।घाइते हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–४ की २० वर्षीया पूर्णिमा थापा र २२ वर्षीया अनिषा सुनार छन्। त्यस्तै, बर्दियाको बाँसगढी नगरपालिका–३ का १९ वर्षीय जीवन सुनार, ३० वर्षीय सन्दीप सुनार, १८ वर्षीया सन्ध्या सुनार, १८ वर्षीया निकिता सुनार, ११ वर्षीया प्रज्ञा सुनार, १६ वर्षीया आकृति सुनार, १९ वर्षीय हरिकृष्ण नेपाली, १८ वर्षीया मनिषा सुनार, १५ वर्षीया पूजा सुनार, दीपक सुनार, १६ वर्षीया पुष्पा सुनार र २२ वर्षीय करण सुनार घाइते भएका छन्।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...