राप्रपाले महाधिवेशनबाटै ४० वर्षमुनिका २० युवा केन्द्रीय कार्यसमितिमा लैजाने

cp new add
Nisharg hospital
Dhangadhi

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनबाटै ४० वर्षमुनिका २० जना युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गर्ने प्रस्ताव अघि सारेको छ।

पार्टीको विधान संशोधन गरी १० पुरुष र १० महिलासहित २० जना युवाको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चित गर्न लागिएको हो।

पार्टी नेतृत्वमा युवाको सहभागिता बढाउने र सङ्गठनप्रति युवा आकर्षण विस्तार गर्ने उद्देश्यले अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त प्रस्ताव अघि सारेका हुन्।

यसका लागि हाल कायम विधान संशोधन गर्ने तयारी भइरहेको राप्रपाका एक नेताले बताएका छन्।

यसअघि राप्रपाले ‘नवीन राप्रपा’ कार्ययोजनाअन्तर्गत खुला प्रतिस्पर्धाबाट ४० वर्षमुनिका २० युवालाई केन्द्रीय कार्यसमितिमा प्रवेश गराएको थियो। यसपटक भने महाधिवेशनबाटै युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी व्यवस्था गर्न लागिएको हो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...