

नेकपा एमालेकी राष्ट्रियसभा सांसद रामकुमारी झाँक्री सवार गाडीलाई बसले ठक्कर दिएको छ।
बिहीबार काठमाडौंको बबरमहलस्थित सडकमा बसले झाँक्री सवार कारलाई पछाडिबाट सामान्य ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बा ४ ख ५२३१ नम्बरको बसले प्रदेश ३–०१ ०२४ च ५७७६ नम्बरको कारलाई ठक्कर दिएको हो।

