८८ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट ८८ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का २७ वर्षीय समीर तामाङ, दोलखाको शैलुङ गाउँपालिका–२ का ३० वर्षीय दिनेश बाइँबा, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ का ३० वर्षीय राज रसाइली र भारत बिहारका २२ वर्षीय कमलेश कुमार साह रहेका छन्।

उनीहरूको साथबाट ८८ ग्राम खैरो हेरोइन, डिजिटल तराजु २ थान, नगद २ लाख ८० हजार रुपैयाँ र मोबाइल फोन ४ थान बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये राज रसाइली जेम्स स्कुलका बस चालक रहेको खुलेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...