

सुर्खेत । सुर्खेत कारागारमा एक महिला बन्दी मृत अवस्थामा फेला परेकी छन्।
दैलेखको गुराँस गाउँपालिका–४ की १९ वर्षीया संगिता शाही कारागारभित्र मृत भेटिएकी हुन्। कर्तव्य ज्यान मुद्दामा बन्दी जीवन बिताइरहेकी शाही कारागारको ५ नम्बर कोठामा बस्दै आएकी थिइन्। प्रहरीका अनुसार उनी गएराति कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
मृतक शाहीको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

