बञ्चरो प्रहारबाट घाइते श्रीमतीको पनि मृत्यु, मृतकको संख्या तीन पुग्यो

cp new add
Nisharg hospital
Dhangadhi

सुर्खेत । दैलेखमा श्रीमानले बञ्चरो प्रहार गर्दा घाइते भएकी श्रीमतीको पनि मृत्यु भएको छ। यससँगै घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा शनिबार बिहान करिब ९ः३५ बजे ३८ वर्षीय अम्बर सलामी मगरले घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन सन्तानमाथि दाउरा काट्ने बञ्चरो प्रहार गरेका थिए।

बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीलाई नगर अस्पताल दुल्लु पुर्‍याइएको थियो। चिकित्सकले बिहान ११ः१० बजे दुवैलाई मृत घोषणा गरेका थिए।

त्यस्तै, गम्भीर घाइते भएकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगरलाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको थियो। अस्पतालमा दिउँसो २ बजे पुगेकी उनलाई २ः१० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा घाइते भएका ६ वर्षीय छोरा मिलन सलामीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

घटनापछि प्रहरी टोलीले अम्बर सलामी मगरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनामा प्रयोग भएको बञ्चरोसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...