दाउरा प्रहार गरी श्रीमानको हत्या, श्रीमती पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

रुपन्देही । आफ्नै श्रीमान लाई दाउरा प्रहार गरी हत्या गरेको आरोपमा रुपन्देहीमा एक महिला पक्राउ परेकी छन् ।

जिल्लाको गैडहवा गाउँपालिका–८, शिवमन्दिर टोलकी ५० वर्षीया लक्ष्मी कुमाललाई ५२ वर्षीय श्रीमान् कमल कुमालको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

दाउरा प्रहारबाट गम्भीर घाइते भएका कमललाई सुरुमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार गरिएको थियो । थप उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएका उहाँको उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...