सामान्य विवादमा दाउरा प्रहार गर्दा  एक जनाको मृत्यु, एक महिनापछि आरोपित पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

पाल्पा । सामान्य विवादमा दाउरा प्रहार गर्दा एक जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका–६ खहरेका ४० वर्षीय नारायण लम्तरी रहेका छन्। दाउरा प्रहारबाट मृत्यु हुनेमा सोही ठाउँका ४५ वर्षीय नन्दलाल बजगाईँ रहेका छन्।

प्रहरीका अनुसार गत कात्तिक ६ गते साँझ करिब ६ बजे बजगाईँ र लम्तरीबीच सामान्य वादविवाद भएपछि झगडा भएको थियो। सोही क्रममा लम्तरीले दाउराले बजगाईँको टाउकोलगायत शरीरका विभिन्न भागमा प्रहार गरेका थिए।

गम्भीर घाइते भएका बजगाईँलाई उपचारका लागि पाल्पा अस्पताल तानसेन लगिएको थियो। उपचारकै क्रममा साँझ साढे ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि फरार रहेका लम्तरीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको संयुक्त टोलीले मङ्सिर ७ गते रैनादेवी छहरा गाउँपालिका–४ बाट पक्राउ गरेको हो।

पक्राउ परेका लम्तरीलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...