‘देश उभो लाउने टोली’ भन्दै बालेनले सार्वजनिक गरे तीन जनाको तस्बिर

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दुई मन्त्रीसँग जहाजमा उभिएको तस्बिर सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँगै उभिएको फोटो सामाजिक सञ्जालमा राखेका छन् । तस्बिर राख्दै उनले उक्त फोटोको क्याप्सन लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’

यो तस्बिर भारत भ्रमणका क्रममा जहाजमा खिचिएको हो ।

प्रधानमन्त्री शाहसँगै मन्त्रीहरू वाग्ले र खनाल दुई दिने भारत भ्रमणमा गएका थिए । यस्तै तस्बिर सोमबार अर्थमन्त्री वाग्लेले पनि सामाजिक सञ्जालमा राखेका थिए ।

प्रधानमन्त्री शाहले यसअघि पनि अन्य दुई मन्त्रीहरू सुधन गुरुङ र सुनिल लम्सालसँग सँगै बसेको फोटो सामाजिक सञ्जालमा राख्दै ‘देश बनाउने टोली’ भन्दै लेखेका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...