देउवाले गरे स्वर्गद्वारी महाप्रभुको दर्शन र पूजा

cp new add
Nisharg hospital
Dhangadhi

रूपन्देही । नेपाली कांग्रेसको देउवा समूहका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान प्यूठानस्थित धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी पुगेर स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजा गरेका छन् ।

स्वर्गद्वारी आश्रम पुगेका सभापति देउवालाई आश्रमका उत्तराधिकारी ध्रुवश्रीले स्वर्गद्वारी महाप्रभुको जीवन, तपस्या र आश्रमको धार्मिक तथा ऐतिहासिक महत्वका विषयमा जानकारी गराएका थिए ।

दर्शन तथा पूजाका क्रममा देउवासँगै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति रोज राणा, प्यूठान कांग्रेसका सभापति देवेन्द्रसहित जिल्लाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

सभापति देउवा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन उद्घाटनका लागि देउखुरी आएका थिए । सोही क्रममा उनले स्वर्गद्वारी पुगेर महाप्रभुको दर्शन तथा पूजा गरेका हुन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...